मानब

in #nepali-poem8 years ago (edited)


Image Courtesy


शून्यबाट एक्काशी यो धर्तीमा ओर्लियो ।
बिचित्रको संसारमा एउटा चित्र थपियो ।
कालो, धुलो, मैलोको जालोमा बेरियो ।
समय एक उदेश्य अनेक लिएर दौडियो ।
संघर्षको जीबनमा तछाड मछाड हाकिदै,
बास्ना र तृप्तीका पछाडि बांगीदै र जेलिदै,
कहिले स्वप्नमा बर्बरायो अनि करायो ।
कहिले बिपनामै एकतमासले बहुलायो ।
आफैलाई बुझ्न नसकी दुनिया के हो बुझायो ।
हिजो जन्मी खेली आज भोलि खरानीमा हरायो ।


Coin Marketplace

STEEM 0.07
TRX 0.30
JST 0.056
BTC 74186.70
ETH 2327.99
USDT 1.00
SBD 0.52